यतीका पर्यटकीय प्याकेज

एयरलाइन्सका पर्यटकीय प्याकेजले आन्तरिक पर्यटनलाई गतिशील बनाउनाका साथै आर्थिक गतिविधि पनि बढ्नेमा व्यवसायी ढुक्क छन् । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि एयरलाइन्सले ल्याएको सस्तो प्याकेजले पर्यटन क्षेत्रलाई चलायमान बनाउने बताउनुभयो । उहाँले अहिलेको परिस्थितिमा सरोकारवाला संस्थाबीच साझेदारिताका साथ प्रभावकारी प्रवद्र्धनात्मक कार्यक्रम ल्याइनुपर्नेमा जोड दिनुभयो ।

एभरेष्ट ट्रेलः रु १३ हजार ९९९ प्रतिव्यक्ति (चार रात, पाँच दिन, न्यूनतम १० यात्रु आवश्यक),

राराः रु २४ हजार ९९९ प्रतिव्यक्ति (दुई रात, तीन दिन, न्यूनतम पाँच यात्रु आवश्यक),

पोखराः रु पाँच हजार ९९९ सात ९९९ प्रतिव्यक्ति (दुई रात, तीन दिन),

चितवनः रु १२ हजार ९९९ र रु १६ हजार ९९९ प्रतिव्यक्ति (दुई रात, तीन दिन),

मुक्तिनाथ दर्शनः रु १२ हजार ९९९ प्रतिव्यक्ति (तीन रात, चार दिन, न्यूनतम छ यात्रु आवश्यक),

मुक्तिनाथ दर्शनः रु १६ हजार ९९९ प्रतिव्यक्ति (चार रात, पाँच दिन, न्यूनतम सात यात्रु आवश्यक),

अन्नपूर्ण फुटहिल्स ट्रेल घान्द्रुकः रु ११ हजार ९९९ प्रतिव्यक्ति (पाँच रात, छ दिन, न्यूनतम छ यात्रु आवश्यक) र

अन्नपूर्ण लक्जरी घान्द्रुक ट्रेलः रु १९ हजार ९९९ प्रतिव्यक्ति (चार रात, पाँच दिन, न्यूनतम आठ यात्रु आवश्यक) रहेको छ ।

नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) का अध्यक्ष अच्युत गुरागाईंले आन्तरिक उडान खुलेसँगै पर्यटन बजारमा नयाँ उत्साह जगाएको भन्दै शुरुमा आन्तरिक र क्रमशः क्षेत्रीय गन्तव्यमा पर्यटन प्रवद्र्धनका गतिविधि बढाइनुपर्ने खाँचो औँल्याउनुभयो ।

[sidebar name="button post"]