संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ सय ९४ जनालाई विभूषण प्रदान गर्नुभएको छ ।
मन्त्रिपरिषद्को सिफारिसका आधारमा भण्डारीले विभूषण प्रदान गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मानपदवीतर्फ सुप्रसिद्ध प्रवल जनसेवा प्रथम १, प्रसिद्ध प्रवल जनसेवा द्वितीय ४, सुकीर्तिमय राष्ट्रद्वीप तृतीय ७, सुप्रवल जनसेवा तृतीय ८७, कीर्तिमय राष्ट्रद्वीप चतुर्थ ८, प्रवल जनसेवा श्री चतुर्थ २ सय ४२ र जनसेवा श्री १०४ जना गरी जम्मा ४ सय ५३ जनाले पाएका छन् ।
यस्तै विभिन्न विभूषण सहितको अलंकार १ सय १४ र पदक २७ जनाले पाएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले जानकारी दिनुभयो । राष्ट्रपति भण्डारीले संविधान दिवसको अवसरमा २ सय ८९ कैदीबन्दीको कैद माफी मिनाहा गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले हेमराज तुम्बाहाम्फे समेतका कैदीको कैद भुक्तान हुन बाँकी कैद माफी मिनाहा गर्नुभएको हो ।












