आज अहिले सम्मकै धेरै १५३९ जनामा कोरोना संक्रमण पुष्टि

भदाै ३१, बितेको २४ घण्टामा देशभर १५३९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।२४ घण्टामा यतिधेरै संक्रमित थपिएको यो संख्या अहिले सम्मकै उच्च हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बितेको २४ घण्टामा १ हजार ६८ जना संक्रमित निको भएको पनि जानकारी दिनुभयाे ।

यस्तै आज देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४२ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ५४१ र होम आइसोलेशनमा ७ हजार ७०१ जना रहेका छन् ।

[sidebar name="button post"]