३१ भदौ, काठमाडौं । हिमाल आरोहणका लागि बहराइनका राजकुमारसहितको टोली काठमाडौं अवतरण गरेको छ । राजकुमारसहितको टोली बिहान करिव ११ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका थिए ।
बहराइनस्थित नेपाली दूतावासले बहराइनको रोयल गार्डमा कार्यरत १५ जना बहराइनी नागरिक र ३ जना बेलायती सहितको टोलीलाई बिदाई गरेको थियो ।
लोबुचे र मनास्लु हिमाल आरोहणका लागि नेपाल आएको यस टोली नेपालमा करिव दुई महिना रहने बहराइन स्थीत नेपाली दूतावासले जानकारी दिएको छ ।
यो आरोहणलाई टोलीले आगामी वसन्त ऋतुमा सगरमाथा आरोहणको पूर्वतयारीका रुपमा हेरेको बताइएको छ ।१५ दिन देखि सेल्फ क्वारेन्टिनमा रहेको टोलीको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि नेपाल आएकाहुन ।
[sidebar name="button post"]









