काठमाडाैँ उपत्यकामा ६९६ जना कोरोना संक्रमित थपिए

भदाै २६, पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६९६ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ६२०, भक्तपुरमा ३८ र ललितपुरमा ३८ जना कोरोना संक्रमित थपिएका छन् ।

आज देशभर अहिलेसम्मकै धेरै १,४५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म संक्रमितको कुल संख्या ५१ हजार ९१९ पुगेको जानकारी दिनुभयाे ।

उहाँका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ९२५ रहेको छ

[sidebar name="button post"]