आज वागमती सहित चारवटा प्रदेशमा ठूलो पानी पर्ने

आज प्रदेश १, प्रदेश २, वागमती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । अहिले पनि देशभर बादल लागेर गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी समेत परिरहेको र दिउँसो पनि देशभर बादल लागेर केही ठाउँमा सामान्यदेखी आँशिक पर्ने संभावना रहेको महाशाखाले जनाएको छ ।

अहिले न्युन चापीय रेखा औसत भन्दा माथि र नेपाल भन्दा दक्षिण तर्फ तथा पश्चिम बंगालमा न्युन चापिय क्षेत्र रहेको छ । आगामी तिन दिनसम्म मौसममा सुधार नहुने पनि महाशाखाले जनाएको छ ।

यसैबीच राती देशका केहि ठाउँमा पानी परेकाे छ । नवलपरासी, रूपन्देहीकाे सूर्यपूरा, बुटवल र आसपास, कपिलबस्तु, पोखरा, बागलुङ, पर्वत,म्याग्दी आसपासमा ठुलो पानी परेकाे हाे ।

[sidebar name="button post"]