बाढीपहिरा पीडितको उद्धार र सहयोगका लागि नेकपाको आग्रह

नेकपा (मसाल) ले बागलुङको ढोरपाटनमा आएको बाढीपहिराबाट पीडितको उद्धार र सहयोगका लागि सबैलाई अनुरोध गरेको छ ।

मसालका महामन्त्री मोहनविक्रम सिंहले बिहीबार विज्ञप्ति जारी गरी बेपत्ताको खोजतलासमा जोड दिन अनुरोध गर्नुभएको छ ।

बुधबार रातिको बाढी र पहिराले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा बस्तीमा क्षति पु¥याएको थियो । केही मानिसले भागेर ज्यान बचाए भने कतिलाई भाग्ने क्रममै खोलाले बगाएको थियो ।

बगाएकामध्ये केहीको अधिकारीचौर, बुर्तिवाङ र बडिगाड गाउँपालिकासम्म शव भेटिएका छन् । आज बिहानसम्म १४ शव भेटिएको छ ।

[sidebar name="button post"]