गृहमन्त्री सवार राहत टोलि मौसम खराबीका कारण फर्कियो

१८ भदौ, काठमाडौं। राहत लिएर गएको गृहमन्त्री सवार सेनाको हेलिकप्टर मौसम खराबका कारण पोखरा फर्किएको छ । उक्त हेलिकप्टर बागलुङको ढोरपाटनका बाढीपहिरो पीडितका लागि राहत लिएर गएको थियो ।

गृहमन्त्रीसहित बागलुङका प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेल तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेल सवार हेलिकप्टर राहत लिएर बागलुङको बाढी प्रभावित क्षेत्रमा गएको थियो । मौसम खराबीका कारण फर्किए पनि अनुकुल मौसम भएमा पुन प्रभावित क्षेत्रमा जाने जनाइएको छ ।

बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेका अनुसार गएराति बागलुङको ढोरपाटन नगरपालिकाका विभिन्न वडामा भीषण वर्षापछि विपद्जन्य घटना भएको थियो । उहाका अनुसार गाडी जान नसकेपछि थप उद्धार टोलीसहित पैदल नै घटनास्थलतर्फ गइरहेको छ । प्रहरी र सेनाको टोलीले अहिले उद्धार कार्य जारी राखेका छन् ।

उहाँका अनुसार प्राप्त प्रारम्भिक विवरणमा बाढीबाट यहाँ ३६ जना हराएकामा ११ जनाको शव प्राप्त भएको छ । नगरपालिकाको चार वटा वडामा बढी क्षति भएको छ ।

[sidebar name="button post"]