बागलुङको ढोरपाटन नगरपालिकामा बाढी, पहिरोमा परेर ज्यान गुमाउनको संख्या आठ पुगेको छ । २५ जना अझै हराइरहेका छन् ।बागलुङको ढोरपाटन नगरपालिका मेयर देबकुमार नेपालीले हराएका र मृतकको संख्या अझै बढ्न सक्ने बताउनुभयो ।
मेयर नेपालीका अनुसार ढोरपाटनको भुदीखोलामा गएराती एक्कासी आएको बाढीले खोला किनारका ५० भन्दा धेरै घर बगाएको छ । राती १२ बजे एक्कासी बाढी आउँदा सुतिरहेकाहरु उठेर भाग्न पनि पाएका थिएनन् । बाढीले भुदीखोला लघुजलविद्युत र एउटा गाडी पनि बगाएको छ । खोजी र उद्दारको लागि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली घटनास्थलमा जाँदैछ ।
घटनास्थल सदरमुकामबाट एक सय १५ किलोमिटर भन्दा टाढा रहेकाले उद्दार र राहतमा ढिलाई भइरहेको छ । ठुलो पानी परिरहेको बेला माथितिर कतै ताल फुटेर वा बाँध बनेर एक्कासी बाढी आएको हुन सक्ने उपमेयर करमती पुनमगरले बताउनुभयो ।
[sidebar name="button post"]











