१० भदौ, काठमाण्डौ । कोइरालाको नाममा चर्को विरोध भएकाले बुधबार बस्ने भनिएको राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिको बैठक स्थगित भएको छ ।
कोइरालालाई नियुक्त गर्ने तयारीको व्यापक विरोध भएपछि बुधबारको सञ्चालक समितिको बैठकमा उपेन्द्र कोइरालालाई अध्यक्ष बनाउने एजेण्डा रहेपनि बैठक वस्न सकेन । कोइराला उपप्रधानमन्त्री एवं रक्षा मन्त्री इश्वर पोखरेलका सम्धीसमेत हुनुन्छ ।
कोइरालाले यसअघि मध्यपश्चिम विश्वविद्यालयका निवर्तमान उपकुलपतिसमे, आयल निगमको कार्यकारी अध्यक्ष, खाद्य संस्थानका महाप्रबन्धकलगायतका पदमा रहेर काम गर्दा अनियमितता गरेको आरोप समेत लागेको थियो ।
पहुँचकै आधारमा राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिको अध्यक्षमा कोइरालालाई नियुक्त गर्नलागेकोमा सोमबारदेखि चर्को विरोध भइरहेको छ ।












