१० भदौ, काठमाडौं । विदेशमा अध्ययन गर्न जाने विद्यार्थिहरुका लागि आवसेक पर्ने यनओसि (नो अब्जेक्सन लेटर) दिने निर्णय सरकारले गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘नो अब्जेक्सन लेटर’ खुला गर्ने निर्णय गरेको छ । चैतदेखि कोरोना महामारी फैलिँदै गएकाले सरकारले ‘नो अब्जेक्सन लेटर’ दिन बन्द गरेको थियो ।
शिक्षा मन्त्रालय मार्फत दिईने ‘नो अब्जेक्सन लेटर’ लिने विद्यार्थिको सङख्या वढ्दो छ । हरेक वर्ष विदेश अध्ययन गर्न ‘नो अब्जेक्सन लेटर’ लिने विद्यार्थिको सङख्या एक लाखको हाराहारीमा छ ।












