Ad #144479

भदाै ८, ललितपुरको पाटन अस्पतालमा थप दुई जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

आज दिउँसो काठमाडौंका ७४ वर्षका र धनुषाका ७६ वर्षका पुरुषको ज्यान गएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

कोरोना पुष्टि भएपछि काठमाडौंका पुरुषको अस्ति शनिबारदेखि र धनुषाका पुरुषको साउन २५ देखि उपचार भैरहेको पाटन अस्पतालले जनाएको छ ।