Ad #144479

सरकारले आगामी भदौ १६ गतेबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्ने निर्णय गरेको छ। अन्तर्राष्ट्रिय उडानका क्रममा पीसीआर परीक्षण सहज भएका मुलुकहरुबाट मात्रै यात्रुहरु ल्याउन पाइने सरकारले जनाएको छ।

नेपाल आउनेले जहाज चढ्नु ७२ घण्टा अघिको प्रमाणपत्र देखाउनुपर्ने र नेपाल आउने फारम भरेको र होटल बुकिङको प्रमाण देखाउनुपर्नेछ । उनीहरुले सात दिन होटल क्वरेण्टीन बस्ने खर्च पनि टिकट काट्दा नै बुझाउनुपर्नेछ । सरकारले तोकेका मापदण्ड विपरीत यात्रु बोकेर आएका जहाजलाई कारबाही गर्ने भएको छ ।

विदेशबाट आउनेले कम्तिमा १४ दिन क्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने निर्णय पनि सरकारले लिएको छ।

यस्तै सरकारले फेरि उद्दार उडान सुरु गर्ने भएको छ । दैनिक पाँच सयभन्दा नबढ्ने गरी विदेशमा समस्यामा परेका नेपालीको उद्धार गर्ने सरकारले निर्णय गरेको छ । सरकारले  उद्धार गर्नेहरुको सूचीमा राखेकाहरुको क्वरेण्टीन खर्च सरकाले बेहोर्ने भए पनि अन्य यात्रुले होटल क्वरेण्टीनको खर्च आफै बेहोर्नुपर्नेछ ।