लिदी पहिरो : २२ जनाको शव फेला

शुक्रबार बिहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरामा परेका २२ जनाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार आज बिहान थप तीन जनाको शव फेला परेको छ । वर्ष २२ का छविलाल दोङ, वर्ष छ का सुमन दोङ र वर्ष १० का सुरज दोङको शव फेला परेको काफ्लेले जानकारी दिनुभयो ।

पहिरामा बेपत्ता भएका ३९ जनामध्ये आजसम्म २२ जनाको शव फेला परेको र अन्यको सेना, प्रहरी र स्थानीयले खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।

[sidebar name="button post"]