३० साउन, काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा थप ४ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ ।
इमर्जेन्सीमा कार्यरत ६ जना स्वास्थ्यकर्मीमा बुधबार कोरोना संक्रमन देखिएपछि उनीहरुको प्रत्यक्ष सम्पर्कमा रहेकाहरुको स्वाब संकलन गरि परीक्षण गरिएको थियो । जस मध्य ४ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
योसँगै त्रिवि शिक्षण अस्पतालमा संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या २२ पुगेको छ। संक्रमितहरुको सम्पर्कमा आएका अरुको स्वाव संकलन गरेर परीक्षण थालिएको छ ।












