कोरोना प्रभावित साना उद्योगिले करमा सहुलियत पाउने

२९ साउन, काठमाडौं। कोरोनाले प्रभावित वनाएका साना उद्योगिहरुले यो वर्ष करमा पर्याप्त छूट र सहुलियतता पाउने व्यवस्था सरकारले ल्याएको छ ।

वाषिर्क २० लाखसम्मको कारोबार वा दुई लाखसम्म आय भएका उद्योगिीहरुलाई लाग्ने आयकरमा यो वर्ष ७५ प्रतिशतसम्म छूट दिइएको छ । भने वाषिर्क २० लाखदेखि ५० लाखसम्मको कारोबार हुने करदातालाई आयकरमा ५० प्रतिशत छूट दिइएको छ ।

१ करोड रुपैयाँसम्म वाषिर्क कारोबार हुने करदाताको हकमा भने २५ प्रतिशत मात्र कर छूट हुनेछ । कोरोनाबाट शुन्य कारोवार जस्तै बनेको होटेल, ट्राभल, यातायात, ट्रेकिङ र हवाई सेवामा वाषिर्क १ करोड रुपैयाँभन्दा बढी कारोबार गर्नेलाई आयकरमा २० प्रतिशत छूटको सरकारले दिने भएको छ ।

[sidebar name="button post"]