अङ्ग्रेजी भाषामा मोटरगाडीको इम्बोस्ड नम्बर प्लेट बनाउने व्यवस्था गर्न लागिएकामा प्रगतिशील लेखक सङ्घले विरोध जनाएको छ ।
नेपाली भाषा विश्वकै प्राचीन र समृद्ध भाषामध्ये एक भएको र यसमा सबै खालको कामकाज गर्न सक्षम, सहज र सम्भवसमेत प्रमाणित भइसकेका अवस्थामा यस्ता राष्ट्रिय प्रयोजनमा नेपाली भाषा कायम गर्न सङ्घले सरकार र सम्बद्ध पक्षसँग आग्रह गरेको हो ।
सङ्घका अध्यक्ष डा जीवेन्द्रदेव गिरी र महासचिव समिर सिंहले जारी गर्नुभएको विज्ञप्तिमा तमाम राष्ट्रप्रेमी तथा स्वभाषाप्रेमी नेपालीको भावनाविपरीत अङ्ग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट नबनाउन ध्यानाकर्षण गराइएको छ ।
[sidebar name="button post"]









