कोरोना संक्रमणबाट पाटन अस्पतालमा दुई जनाको ज्यान गयाे

साउन २३, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट पाटन अस्पतालमा शुक्रबार दुई जनाको ज्यान गएको छ ।

पाटन अस्पतालको आईसीयूमा उपचार गराईरहेका ४५ वर्षीय पुरुष र ४१ वर्षीय महिलाको ज्यान गएको हो । सर्लाहीका ४५ वर्षीय पुरुषलाई कुकुरले टोकेको थियो र इन्सेफ्लाटिसको समेत उपचार भइरहेको थियाे ।

यस्तै रुपन्देही, सुनौलीकी ४१ वर्षीया महिलामा पाठेघरको क्यान्सर र निमोनिया रहेको स्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले जानकारी दिनुभयाे । यसबारे स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाँकी छ ।