पहिरोले अवरुद्ध नौबिसे–मुग्लिन सडक एकतर्फी सञ्चालनमा

नौबिसे–मुग्लिन सडक धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० तिग्राङ खानीमा अविरल वर्षासँगै गए राति ११ बजे पहिरो खस्दा पूर्णरूपमा सडक अवरुद्ध भएको थियो । पहिराका कारण अवरुद्ध नौबिसे–मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ ।

आज बिहान ९ बजेबाट पहिरो हटाइ एकतर्फी सडक सञ्चालनमा ल्याइएको प्रहरी चौकी मझिमटार धादिङका प्रहरी सहायक निरीक्षक रामु पुरीले जानकारी दिनुभयो । थप पहिरो नखसे दुईदेखि तीन घण्टाभित्र पहिरो पूर्णरूपमा हटाई दुईतर्फी यातायात सञ्चालन गरिने उहाँले बताउनुभयो ।

सडक अवरुद्ध भएपछि काठमाडौँतर्फ धादिङको चरौदीँ र चितवनतर्फ इच्छाकामना–३ फिस्लिङसम्म सवारी जाम हुन पुगेका थियो ।