काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण

साउन २१, आज काठमाडौं उपत्यकामा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ५७ जना र ललितपुरमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा कोरोना संक्रमण बढ्दो छ । गएको २४ घण्टामा थप तीन सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कुल संक्रमितको संख्या २१ हजार तीन सय ९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा थप एक सय ३० जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् ।

यो सँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या १५ हजार एक सय ५६ पुगेको छ । यस्तै गएको २४ घण्टामा थप दुइ जनाको ज्यान गएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६० पुगेको मन्त्रालयले जनाएको छ ।