आज देशका केही ठाउँमा ठूलो पानी पर्ने

काठमाण्डौ । मनसुनी वायुको प्रभाव र मनसुनी न्यूनचापीय रेखा पश्चिमी नेपालबाट दक्षिणमा सरेको तथा पूर्वी भूभागमा नेपाल नजिकै रहेकाले आज पनि केही ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले जानकारी दिनुभयो ।

उहाँकाअनुसार आज प्रदेश १, २, ५, वाग्मती र गण्डकी प्रदेशका एकरदुई ठाउँमा भने ठूलो पानी पर्ने संभावना छ । पानी परे पनि नदीमा बाढी आउने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने तथा पानी निकास नहुने ठाउँ जलमग्न हुनसक्ने भएकाले नदी किनारमा नजान तथा भिरालो जमिनमा यात्रा गर्दा सतर्क हुन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेका छन ।

महाशाखाकाअनुसार अहिले देशभरीकै मौसम आंशिकदेखि सामान्य बदली भई केही ठाउँमा पानी परिरहेको छ । विशेषगरी गण्डकी प्रदेश र प्रदेश ५ का केही ठाउँमा हल्कादेखि मध्यम खालको पानी परिरहेको जानकारी दिनुभयो ।