किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा रामेछाप खाँडादेवी गाउँपालिका बस्ने सुरेश भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।
ती किशोरीलाई २०७६ जेठ २७ गते मध्यपुर ठिमी नगरपालिका मध्यपुर अस्पताल अगाडी मासु पसल संचालन गर्ने राजेश भण्डारी नाम बताउने व्यक्तिले पत्रिकाको ग्राहक बनिदिन्छु पैसा कोठामा छ भन्दै फकाई सूर्यविनायक नगरपालिका स्थित डेरामा लगेर जबरजस्ती करणी गरी कोही कसैलाई भने मारी दिन्छु भनेर धाकधम्की दिएको खुल्न आएको छ ।
साथै पीडित किशोरीले जबरजस्ती करणी गरेको कुरा कोही कसैलाई भन्न नसकी चुपचाप बसेकोमा उनी गर्भवती भई २०७६ माघ २६ गते बालकलाई जन्म दिए पश्चात् महानगरीय प्रहरी वृत्त ठिमीमा २०७७ असार १४ गते जबरजस्ती करणी मुद्धामा जाहेरी दरखास्त दिएकोमा खोजी गर्ने क्रममा भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।