केही वर्षअघि चार वर्षे बनाइएको स्नातक तहलाई पुन:तीन वर्षमा झार्ने तयारी

त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले केही वर्षअघि चार वर्षे बनाइएको स्नातक तहलाई पुन:तीन वर्षमा झार्ने तयारी गरेको छ।

हाल चारवर्षे रहेको स्नातक तहको पढाइको प्रभावकारिता र उपयोगिताका बारेमा गरेको व्यापक छलफलपछि त्रिविले यस्तो तयारी गरेको हो।

त्रिविका अनुसार तीन वर्षेलाई चारवर्षे बनाउँदा निरन्तर विद्यार्थी सङ्ख्या घट्न थालेपछि यसलाई पुन:तीनवर्षे बनाउने तयारी भएको हो। त्रिविले २०७१/७२ सालदेखि व्यवस्थापन संकायबाट स्नातक तहलाई चारवर्षे बनाउन सुरु गरेको थियो।

मानविकी तथा सामाजिकशास्त्र संकायमा चारवर्षे प्रावधान लागु भएको एक चक्र पनि पूरा भएको छैन चारवर्षे पढाइका लागि प्रथम ब्याचमा भर्ना भएका यस संकायका विद्यार्थीले अहिले तेस्रो वर्षको परीक्षा दिइरहेका छन्।

विश्वविद्यालयको गत असार १४ गते बसेको प्राज्ञिक समितिको बैठकमा स्नातकलाई तीन वर्षमै झार्नुपर्ने सुझाव विभिन्न संकायका डिनले दिएका थिए।

[sidebar name="button post"]