त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँच पास भएको एक सय किलो सुन बरामद प्रकरणमा भन्सार विभागले जाँच पासमा संलग्न सबै कर्मचारीलाई निलम्बन गर्ने तयारी गरेको छ ।
मंगलबारको क्याथे फ्यासिफिकको उडानबाट काठमाडौँ आएको उक्त सुन बुधबार भन्सार जाँच पास भएको थियो ।
भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलका अनुसार सुन जाँच पासमा संलग्न सबैलाई निलम्बनको तयारी गरिएको बताए ।
उक्त प्रकरणमा हालसम्म ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना एजेन्टसमेत रहेका छन् ।
राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ ।
[sidebar name="button post"]









