काठमाडौंमा भएको आत्मदाहको घटना सेलाउन नपाउँदै पोखरामा पनि एक पुरुषले आत्मदाहको प्रयास गरेका छन्।
कास्कीको पोखरा महानगरपालिका–१३ काहुँखोलमा भाडामा बस्दै आएका ४३ वर्षीय एक पुरुषले आइतबार बिहान घरभित्रै आफ्नो शरीरमा आगो लगाएका हुन्।
युवकको शरीरमा आगो जलिरहेको देखेर बचाउन गएकी घरबेटी पनि सोही आगोमा परेर घाइते भएकी छिन्।
उनीहरू दुवैको अवस्था सामान्य रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा नै उपचार भइरहेको छ।
[sidebar name="button post"]









