राष्ट्रपति भण्डारीद्वारा छठ पूजा

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले  छठ पर्वको अवसरमा सूर्यलाई अर्घ्य दिई पूजा अर्चना गरेकी छन् । आइतबार काठमाडौंको कमलपोखरी पुगेर राष्ट्रपति भण्डारीले पूजा अर्चना गरेकी हुन् ।

त्यसैगरी छठका लागि सिँगारिएको काठमाडौँको गुहेश्वरी-गौरीघाट र कमलपोखरी क्षेत्रमा दर्शन तथा अवलोकनका लागि राष्ट्रपति भण्डारी सहभागी भएकी हुन् ।

त्यसलगतै उनले कमलपोखरीमा निर्माण गरिएको छठ घाटमा पुगी अस्ताउँदो सूर्यलाई अर्घ्य दिइ छठीमाताको पूजा आराधना गरिन्।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले थापाथालीस्थित बागमति किनारमा तयार पारिएको छठी माताको दर्शन गरेका छन्।यस वर्ष राजधानीमा गुह्येश्वरीबाट गौरीघाटसम्मको वाग्मती नदी किनारको दायाँबायाँ, कमलपोखरी, थापाथली, कुपण्डोल, विभिन्न स्थानका नक्खु खोला, विष्णुमती र वाग्मती नदी किनारमा छठ घाट निर्माण गरी सजाइएको छ । यी स्थानमा छठ घाटसँगै छठी माताको माटाको मूर्ति पनि निर्माण गरिएको छ ।

देशका विभिन्न भागमा भव्यरूपमा मनाइने छठ पर्वका अवसरमा राष्ट्रपतिले प्रत्येक वर्ष गुह्येश्वरी र कमलपोखरीमा सूर्यदेवसहित छठी माताको पूजा आराधना गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ । छठ पर्वका अवसरमा आज अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिन राजधानीका अन्य स्थानका साथै यहाँको छठ घाट पनि सजाइएको थियो ।

राष्ट्रपति भण्डारीले गौरीघाट पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएकी छन्। अस्ताउँदो सूर्यलाई अर्घ्य दिन गौरीघाटमा कांग्रेस महामन्त्री गगन थापादेखि काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह ‘बालेन’ सम्म पुगेका छन्।

[sidebar name="button post"]