भारतीय नाेटमा लक्ष्मी र गणेशको फोटो राख्न केजरीवालकाे प्रस्ताव

एजेन्सी: भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले देशको आर्थिक स्थिति बलियो बनाउनका लागि रुपैयाँको नोटमा माता लक्ष्मी र भगवान् गणेशको तस्वीर राख्न केन्द्र सरकारलाई आग्रह गरेका छन् ।

बुधबार प्रधानमन्त्री नरेन्द्र मोदीलाई सार्वजनिक रूपमा सम्बोधन गर्दै आम आद्‍मी पार्टीका प्रमुखसमेत रहेका केजरीवालले भारतीय रूपैयाँका नयाँ नोटमा एकातिर महात्मा गान्धी तथा अर्कातिर लक्ष्मी र गणेशको फोटो राख्नुपर्ने बताएका हुन्।

अमेरिकी डलरको तुलनामा भारतीय रूपैयाँ कमजोर हुँदै गइरहेको सन्दर्भमा मजबुद् बनाउनका लागि पनि भगवानको शक्ति चाहिने उनले बताए। कहिलेकाहीँ मान्छेले गरेका प्रयासहरूमा देवी र भगवानको आशिर्वाद नहुँदा फलदायी हुनसक्ने भन्दै केजरीवालले रूपैयाँमा हिन्दु देवी देवताको तस्बिर राख्न प्रस्ताव गरेका हुन्।

इन्डोनेसियाको मुद्रामा गणेश भगवानको तस्वीर रहेको केजरीवालले स्मरण गराए । लगभग ८५ प्रतिशत मुसलमान र जम्मा २ प्रतिशत हिन्दूहरू भएको इन्डोनेसियाले हिन्दू देवताको तस्वीर नोटमा राख्दा भारतले त्यसो गर्न के आपत्ति भनी केजरीवालले सोधे ।

[sidebar name="button post"]