Ad #144479

काठमाडौँ : नेपाल स्काउट (नेशनल ओपन स्काउट क्रु)ले देउसी भैलो कार्यक्रमको शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । बाल गीताञ्जली स्कुल मूलपानीमा आइतबार नेपाल स्काउट क्रुले देउसी भैलो कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा काठमाडौँ क्षेत्र नं. २ का अधिकांश उच्च तहका नेता, कार्यकर्ता, सामाजिक व्यक्तित्वदेखि बौद्धिक व्यक्तिको सहभागिता रहेको छ । कार्यक्रममा काठमाडौँ क्षेत्र नं. २ का प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेद्वार सहभागी रहेका छन् ।

कार्यक्रममा बाल गीताञ्जली स्कुलका विद्यार्थीले देउसी भैलो कार्यक्रममा विभिन्न गीतमा नृत्य देखाएका छन् । आइतबार अपरान्ह ४ बजेदेखि सुरु भएको कार्यक्रम अबेर रातीसम्म सञ्चालन हुनेछ । कार्यक्रममा अतिथी र विशेष अतिथीका रुपमा चुनावका उम्मेद्वार छन् । कार्यक्रममा प्रतिनिधि सभा क्षेत्र नं. २ का स्वतन्त्र उम्मेद्वार प्रकाश अधिकारी, प्रदेशसभाका उम्मेद्वार अशोक खड्का, राप्रपाबाट प्रतिनिधि सभा उम्मेद्वार कुन्ती पोखरेल, एमालेका उम्मेद्वार सुवर्ण श्रेष्ठ लगायत उपस्थित छन् ।

यस्तै कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की र उपमेयर शान्ता थापा पनि अतिथीका रुपमा उपस्थित छन् । नेपाल स्काउट नेश्नल ओपन स्क्राउट क्रुका अध्यक्ष तथा गीताञ्जली स्कुलका प्रिन्सिपल महेन्द्रराज घिमिरेले कार्यक्रमको आयोजना गरेका हुन् ।

कार्यक्रममा बाल गीताञ्जली स्कुलका शिक्षक, विद्यार्थी, स्थानीय स्तरका नेता, कार्यकर्ता, समाजसेवी, बौद्धिक व्यक्तित्व, युवा, व्यवसायी लगायत विभिन्न व्यक्तित्वहरुको सहभागिता छ ।