दशौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट राराबाट सार्वजनिक गरिने

सुर्खेत: दशाैँ राष्ट्रिय खेलकुद २०८१ काे लाेगाे तथा मस्कट रारा तालबाट सार्वजनिक गरिने भएको छ ।

उक्त समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीलाई दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको झण्डा दिने कार्यक्रम रहेको छ।

राष्ट्रिय खेलकुद परिषद्काे आज पाेखरामा बसेकाे बैठकले स्वर्गकी अप्सरा भनेर चिनिने कर्णाली प्रदेशको चर्चित पर्यटकीयस्थल रारामा लाेगाे र मस्कट सार्वजनिक गर्ने निर्णय गरेकाे हाे ।

रारामा हुने राष्ट्रिय खेलकुद परिषद्को बैठकको संचालन कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले गर्र्नेछ । गण्डकी प्रदेशको पोखरामा असोज २८ गते देखि सुरु भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता बिहिबार समापन हुँदैछ ।

सदस्य सचिव संज्यालका अनुसार नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापनसँगै अब कर्णाली प्रदेशमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुने निश्चित भएको छ । ‘यो भन्दा अगाडि कर्णालीमा विभिन्न समयमा राष्ट्रिय स्तरका खेलकुद प्रतियोगिता हुने हल्ला चले पनि निश्चित भएको थिएन ।

सदस्य सचिव संज्यालले भने, ‘आज नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापनसँगै प्रधानमन्त्रीज्यूले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको झण्डा कर्णाली प्रदेशलाई औपचारिक रूपमा दिएसँगै दशौँ खेलकुद प्रतियोतिता कणालीमा हुने निश्चित भएको छ ।’

[sidebar name="button post"]