सोमबार सुनको मूल्यमा सामान्य वुद्धि

काठमाडौँ:  सोमबार नेपाली बजारमा सुनको मूल्य दुई सयले बढेको छ ।

आइतबार प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य सोमबार तोलामा २ सय रुपैयाँले बढेर ९३ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ। आज तेजाबी सुनको मूल्य ९२ हजार ८ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । सोमबार चाँदी तोलामा एक हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ ।

[sidebar name="button post"]