‘उम्मेदवारसहित प्रस्तावक र सर्मथकलाई नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ (१) (घ) उल्लंघन गरेकोमा धारा ३४ (४) (क) अनुसार तपशिलका व्यक्तिहरुलाई नेपाली कांग्रेसको साधारण सदस्य समेत नरहने गरि ५ वर्षका लागि पार्टीको केन्द्रीय कार्य समितिले निष्कासन गरेको व्यवहोरा अवगत गराउँदछौं’, काग्रेस कैलालीका सभापति नारायणदत्त भट्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।
कारवाहीमा पर्नेमा क्षेत्र नं. २ (ख) का भरतकुमार शाही र उनका समर्थक कमलकुमार विक, क्षेत्र नं. ३ का नविनकुमार बोहरा सोही क्षेत्रको प्रदेश (ख) का उम्मेदवार गोविन्दराज जोशी उनका प्रस्तावक कमलबहादुर वडुवाल र समर्थक देवीराम खत्री क्षेत्र नम्बर ३ (ख) कै लक्ष्मण शाही, क्षेत्र नम्बर ४ (ख) का भगवती पाठक ओझा, क्षेत्र नम्बर ५ (ख) का क्षितिज भण्डारी र क्षेत्र नं. ५ मा संघीय स्वतन्त्र उम्मेदवारको समर्थक बसेका नवराज जोशीलाई कारबाही गरिएको छ । कैलाली क्षेत्र नं. ५ मा संघीय सांसदका लागि स्वतन्त्र उम्मेदवार पुस्करनाथ ओझा छन् ।
