प्रभु साहलाई एमालेबाट निष्कासन

काठमाडौं: पार्टी परित्याग गरेपछि नेकपा एमालेले प्रभु साहलाई कारवाही गरेको छ। पार्टीविरोधी गतिविधि गरेको भन्दै साहलाई एमालेले पार्टीको साधारण सदस्य समेतबाट निष्कासन गरेको छ।

महासचिव शंकर पोखरेलले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्थायी कमिटी सदस्य तथा मधेस प्रदेश सह- इन्चार्ज प्रभु साह र जिल्ला इन्चार्ज उपेन्द्र साह र सह- इन्चार्ज कुन्दप्रसाद कुशवाह पार्टी विरोध गतिविधिमा संलग्न रहेकाले निजहरूलाई पार्टीको सदस्यता समेतबाट निष्कासन गरिएको छ।’ साहले रौतहट ३ मा स्वतन्त्र उम्मेदावरी दिएका थिए।

यस्तै एमालेको रौतहट जिल्ला कमिटी विघटन भएको छ। एमाले मधेश प्रदेश कमिटीका अध्यक्ष राम अवतार यादवले शुक्रबार रौतहटमा त्रिभुवन साह अध्यक्ष रहेको जिल्ला कमिटी विघटन गरेका छन। प्रदेश अध्यक्ष यादवले दीपक राय यादवलाई जानकारी पत्र दिँदै जिल्ला कमिटी विघटन भएको जानकारी दिएका हुन्।

[sidebar name="button post"]