प्रभु साहले रौतहटमा एमाले खाली गराइदिने षड्यन्त्र रचे: ओली

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका प्रभु साहले षडयन्त्र गरेको आरोप लगाएका छन् ।

जिल्लाको टिकट कब्जामा राख्न खोज्दै थिए । जिल्लामा सिंगै एमाले खाली गराइदिने षड्यन्त्र रहेछ । ओलीले भने उन कहाँबाट परिचालित छन्। साहले लामो समयदेखि संदिग्ध खालका गतिविधि गरिरहेको ओलीको आरोप छ । उनले आफूसँग साहका संदिग्ध खालका गतिविधिबारे रिपोर्ट आएको पनि दाबी गरेका छन् ।

तर, प्रभु साहले स्वतन्त्र उम्मेदवारी दिएपछि आफूलाई आएका रिपोर्ट सहि रहेछन् भन्ने निष्कर्षमा आफू पुगेको पनि ओलीले बताएका छन् । प्रभु साहले आफूले जिल्लाका अरुको पनि टिकट लिएर गएको तर त्यहाँ पनि कसैलाई समयमा टिकट नदिएको ओलीले आरोप लगाएका पनि छन् ।

[sidebar name="button post"]