पत्नीमार्फत बुझाए देउवाले उजुरीको जवाफ

काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले जन्ममिति फरक परेको विषयमा आफूविरुद्ध परेको उजुरीको जवाफ बुझाएका छन् ।

आसन्न निर्वाचनका उमेदवार देउवाले मंगलबार पत्नी आरजु राणा देउवामार्फत डडेलधुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले प्रमाणसहित उजुरीको जवाफ आएको जानकारी दिए ।

नागरिकता र मतदाता नामावलीमा जन्ममिति फरक–फरक रहेको भन्दै उजुरी परेको थियो । उनले भने २ बजेसम्म जवाफ दिने समय तोकिएकोमा दुई घण्टा अगाडि नै जवाफ आइसकेको छ । छानबिन गर्दै आज साँझ ५ बजेसम्म निर्णय लिन्छौँ ।

बीपी काँग्रेसका तर्फबाट डडेल्धुराको उम्मेदवार रहेका कर्ण मल्लले देउवाको नागरिकता र मतदाता नामावलीमा फरकफरक मिति रहेको भन्दै उजुरी दिएका थिए । नागरिकतामा २००३ जेठ ३१ गते जन्ममिति रहेको देउवाको मतदाता नामावलीमा २००२ साल जेठ ३१ गते रहेको पाइएको छ ।

मल्ल अघिल्लो पटक नेपाली काङ्ग्रेसबाट प्रदेश सभामा निर्वाचित भएका थिए । अहिले बिपी कांग्रेसबाट उनी देउवा विरुद्ध चुनावी मैदानमा छन् । मल्ल बीपी कांग्रेसका वरिष्ठ उपसभापति हुन् ।

[sidebar name="button post"]