काठमाडौं: आगामी मंसिर ४ गते हुने निर्वाचनको कार्यतालिका अनुसार उमेदवारको नामावली प्रकाशन गरिने भएको छ।
आज बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ । हिजो उम्मेदवार विरुद्ध उजुरी दिने तालिका निर्धारण गरिएको थियो । ती उजुरीहरुमाथि छानबिन गरी आज बेलुका नामावली प्रकाशन गर्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार उजुरी पुष्टि भए उम्मेदवारी स्वतः रद्द हुनेछ ।
कार्यतालिका अनुसार बुधवार बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने दिन तोकिएको छ । बुधवार नै ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यतालिका छ ।
[sidebar name="button post"]









