काठमाडौँ: डेङ्गीका कारण अहिलेसम्म ४१ जनाको ज्यान गएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हिजो बेलुकासम्मको तथ्यांक अनुसार अहिलेसम्म डेङ्गी भएर ४१ जनाको ज्यान गएको पुष्टि भएको छ । डेङ्गी संक्रमितको संख्या ३१ हजार नाघेको छ ।
चाडपर्व तथा पानी परिरहेकाले डेङ्गी अझै फैलिन सक्ने जोखिम रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको कीटजन्य रोग निवारण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालले बताउनुभयो ।
बिहान बेलुका चिसो हुन थालेकाले डेङ्गीको संक्रमण केही कम हुने आंकलन गरिए पनि पानी परिरहेकाले जोखिम उस्तै रहेको उनको भनाइ छ । अब चिसो सुरु भयो, लामखुट्टे मर्छ भनिहाल्ने अवस्था छैन, पानी परिरहेकाले डेङ्गीको संक्रमण जतिबेला पनि फैलिन सक्छ । पानी पर्न रोकिए पछि भने विस्तारै संक्रमण पनि घट्दै जाने छ ।
[sidebar name="button post"]









