एजेन्सी: राती सुतेपछि सपना हरेक मानिसले देख्छ, तर त्यसलाई ब्युझिएर याद गर्नु भनेको अलि गाह्रो काम हो। कुनै बेला यदि हामीलाई सपना याद भइहाल्यो भने पनि दोस्रो व्यक्तिका साथमा शेयर गरिहाल्छौं, यद्धपि स्वप्नशास्त्रका अनुसार यसो गर्नु बिल्कुलै ठिक होइन।
खासगरि एक बिशेष अवधिमा देखिएको सपनालाई अरुसंग शेयर गर्नु अशुभ हुन्छ।
अरुसँग शेयर नगर्नुहोस्
सपनामै भए पनि कुनै कुनै बेला हामीलाई प्र्त्यक्ष भगवानसँग भेट्ने सौभाग्य प्राप्त हुन्छ। तर, बिहान उठ्नासाथ यस्ता कुरा हामी साथीभाई या परिवारसँग शेयर गरिहाल्छौं। मान्यता अनुसार सपनामा भगवान देखेको कुरा कसैसँग शेयर गर्नुहुँदैन। यस्ता अनुभवहरुलाई सकेसम्म मनभित्र नै राख्नु आवश्यक हुन्छ।
जान्नुहोस यसको राज
हरेक जीवभित्र रहेको आत्मा परमेश्वको रुप हो, जसमा जीवित भगवानको दर्शन मिल्छ । यसको मतलब यो हो कि प्रकृतिले हामीसँग संचार यानी कुरा गर्ने कोशिस गरिरहेको हुन्छ, जसले गर्दा उसका केहि संदेश हामीसम्म आइपुग्न सकोस। यदि सपनामा भगवान देखिन्छ भने यसको अर्थ ‘अरुभन्दा अलग हुनु र भगवानको रोजाइमा पर्नु’ भन्ने हुन्छ।











