बर्दिया: आफ्नै छोराको हत्या गरी फरार रहेका बर्दिया बारबर्दिया नगरपालिका–११ का लौरंगलाल थारुलाई प्रहरीले पक्राउ गरेको छ ।
असोज १२ गते बारबर्दिया नगरपालिका वडा नम्बर ११ बिजयनगर बस्ने ४५ वर्षीय लौरंगलाल थारुलाई नियन्त्रणमा लिएको हो। उनले २० वर्षीय छोरा विवेक चौधरीलाई फुटेको बियरको बोतलले पेटमा प्रहार गरे फरार भएका थिए। घाइतेको उपचारको लागि अस्पताल ल्यैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो।
थारुलाई आज बिहान बर्दियाको ईन्द्रपुरमा लुकिछिपी हिँडिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दियो ।
[sidebar name="button post"]









