गोकुल बाँस्कोटाको कटाक्ष – सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फूल देखाई दिए

काठमाडौं: नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले प्रधानमन्त्री निवास बालुवाटारमा रमिता चलिरहेको बताएका छन् ।

एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार रहेका बेला ‘सरकार कसरी चलाउनुपर्छ हामी सिकाउँछौँ’ भनेर टिप्पणी गरेका कांग्रेस महामन्त्री गगन थापा, नेता मिनेन्द्र रिजाललगायतप्रति लक्षित गर्दै उनले देउवाले तोरीको फूल देखाइदिएको टिप्पणी गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) तथा नेकपा (एकीकृत समाजवादी) का नेता र नागरिक समाजका अगुवाप्रति कटाक्ष गरेका छन् । उनले आज सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘वालुवाटारमा रमिता छ। डेंगीको फैलावटले जनता हैरान छन् । सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फूल देखाई दिएपछि कांग्रेसभित्रकै डेंगीबाट त्राहीमाम छन् ।’ नेता बास्कोटाले नागरिक समाज समेत कुम्भकर्णको जस्तो निन्दामा रहको आरोप लगाएका छन् ।

‘देश जोगाउन माझी खोज्न हिडेकाहरु कांग्रेसी आगनमा देउसी खेल्दै छन् । रामराज्य प्राप्तिपछि सुतेको नागरिक समाज कुम्भकर्णे निन्द्रामै छ,’ बाँस्कोटाले भनेका छन् ।

[sidebar name="button post"]