सल्यानको कपुरकोटमा जिप दुर्घटना भएको छ । कपुरकोटमा रा १ ज ५६३ नम्बरको जिप गएराति दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ, एक जना घाइते भएका छन् । बिहे भोजमा सहभागी हुनेहरूलाई लिएर फर्केको जिप कपुरकोट गाउँपालिका-३ मूलपानीमा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दुर्घटनामा ज्यान गुमाउनेको परिचय खुल्न सकेको छैन । घाइते तिलक वलीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालका अनुसार प्रहरी घटनास्थल पुगेको छ ।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
[sidebar name="button post"]









