१२ असोज,काठमाडौँ । गत असोज ११ गते मंगलबार भएको विश्व पर्यटन दिवसको सन्दर्भमा कागेश्वरी मनोहरा नगरपालिका र पर्यटनबोर्डको संयुक्त आयोजनामा पर्यटन मन्त्रालयका सचिवा सुरेश अधिकारीको प्रमुख आतिथ्यता र पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत कागेश्वरी मनोहरा नगरपालिकाका नगर उप प्रमुख लगायतका विशिष्ट अतिथिको उपस्थिति रहेको थियो ।


त्यस्तै तान, नारा, गाउँ पर्यटन प्रवद्र्धन मञ्च लगायतका विभिन्न क्रियाकलाप गरिएको थियो । कागेश्वरी मन्दिर प्रांगणमा बिभिन्न जातका २०० भन्दा बढी बिरुवा हरु रोपी मनाइयो।


कार्यक्रममा पर्यटन सचिवले कागेश्वरीलाई आगामी दिनमा पर्यटकिय गन्तव्यको सुचिममा समाबेश गर्न उपर्युक्त स्थान रहेकोले प्रक्रिया अगाडी बढाउने कुरा राख्नु भयो।


उक्त कार्यक्रममा नगर प्रमुख उपेन्द्र कार्कीले कागेश्वरीलाई पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्न अत्यन्त जरुरी रहेको कुरा राख्नु भयो। सो कार्यक्रम नगर प्रमुख उपेन्द्र कार्कीको अध्यक्षतमा सम्पन्न भएको थियो।










