देशभर डेंगु बिरामीको संख्या साढे २५ हजार नाघ्यो, ३२ जनाको मृत्यु

११ असोज, काठमाडौँ । २०७९ साउनदेखि हालसम्म देशभर डेंगु बिरामीको संख्या साढे २५ हजार नाघेको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म २५ हजार ५४३ जना डेंगुका बिरामी भेटिएका छन् । हालसम्म डेंगुका कारण मृत्यु हुनेको संख्या ३२ जना पुगेको छ । नेपालमा २०६१ सालमा पहिलो पटक डेंगुको बिरामी देखिएको थियो भने त्यसपछि वर्षेनी डेंगुका बिरामी नेपालमा देखिँदै आएको छ।

स्वास्थ मन्त्रालयका अनुसार हालसम्म प्रदेश १ मा ७७५, मधेश प्रदेशमा ३८०, बागमतीमा १९ हजार ९१०, गण्डकीमा ५५६, लुम्बिनीमा २ हजार ८८७, कर्णालीमा २३१ र सुदूरपश्चिम प्रदेशमा ८०४ जनामा डेंगु देखिएको छ ।

[sidebar name="button post"]