कांग्रेसले पत्रकार सम्मेलन गर्दै

काठमाडौं: प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ ।

 दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपमा पत्रकार सम्मेलन आयोजना गरिएको कांग्रेसले जनाएको छ ।  पार्टी प्रवक्ता डा. प्रकाशरण महतले गर्ने पत्रकार सम्मेलन शेखर कोइराला समूहको भेला, गठबन्धनमा भइरहेक‍ो छलफल, निर्वाचन तयारीलगायत विषय केन्द्रित हुने बताइएको छ ।

संस्थापन पक्षको नेतृत्व गरिरहेका देउवाले समानुपातिक सूचीमा एकलौटी गरेको आरोप संस्थापनइतर पक्षले लगाएको छ । शेखर कोइराला नेतृत्वको इतरपक्ष संगठित रूपै देउवाविरुद्ध प्रस्तुत हुन थालेको छ ।  समानुपातिकतर्फ १० प्रतिशत मात्रै भाग पाएको भन्दै शेखर समूह विरोधमा उत्रिएको छ । उसले असोज १६ भित्र समानुपातिक सूचीमा संशोधन गरेर ४० प्रतिशत भाग नदिए विद्रोह गर्ने चेतावनी नै दिएको छ ।

[sidebar name="button post"]