काठमाडौं :राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभामुख अग्निप्रसाद सापकोटाको वैधताबारे प्रश्न उठाएका छन् ।
सभामुख सापकोटाले अध्यक्षता गरेको संघीय संसद् सचिवालयको सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले गरेका निर्णय कार्यान्वयन नगर्न राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पत्रचार गरेका छन्।
गत असोज ५ गते दिउँसो १ बजे बसेको बैठकले गरेका निर्णय कार्यान्वयन नगराउन तिमिल्सिनाको सचिवालयका तर्फबाट संसद् सचिवालयका महासचिवलाई पत्र पठाइएको हो।
असोज ५ को बैठकले अध्ययनका लागि विदेश गएका सहसचिव झलक शर्मा सापकोटा, उपसचिव सिंहराज रुम्बा अधिकृतहरु मेघराज अर्याल र भानु पोखरेलले अध्ययन बिदा पनि स्वीकृत गरेको थियो । साथसाथै, संसद सचिवालयका कार्यरत कर्मचारीको नियुक्ति तथा बढुवालाई समेत अनुमोदन गरेको थियो ।
यसअघि तिमिल्सिनाले निर्वाचन आयोगलाई पत्र पठाएर सभामुख लगायतका पदाधिकारीको कार्यावधिबारे चासो राखेका थिए। आयोगले भने कार्यावधि आफूले निश्चित नगर्ने जवाफ पठाएको थियो।

[sidebar name="button post"]









