कामयमुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई सर्वोच्चले आइतबार बिदाइ गर्ने भएको छ।
असोज १६ गतेदेखि ६५ वर्षे उमेर हदका कारण अवकाश पाउन लागेका कार्कीलाई आइतबार औपचारिक कार्यक्रम गरेर बिदाइ गर्न लागिएको हो।
सोमबार घटस्थापना भएको र त्यही दिनदेखि अदालत कोजागत पूर्णिमासम्म बन्द रहने हुँदा कार्कीलाई आइतबार नै बिदाइ गर्न लागिएको हो।
गत फागुन १ गते प्रधानन्यायाधीश राणामाथि महाअभियोग लागेपछि कार्कीले वरिष्ठ न्यायाधीशको हैसियतले कायममुकायम प्रधानन्यायाधीशको रुपमा काम गर्दै आएका छन्।
[sidebar name="button post"]









