काठमाडौं । संघीय संसद्को दुवै सदनबाट पारित भएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेपछि राष्ट्रपति कार्यालयविरुद्ध सर्वोच्चमा पाँचवटा रिट निवेदन दर्ता भएको छ ।
राष्ट्रपति कार्यालयले दुवै संसद्बाट पास भएको विधेयक प्रमाणीकरण नगर्दा संविधान विपरीत भएको भन्दै त्यसविरुद्ध रिट परेको हो ।
अधिवक्ता सुनिलरञ्जन सिंहसहितले दर्ता गराएका रिटको पेसी शुक्रबार एकैपटकका लागि पेसीमा तोकिएको छ । साथै, सबै मुद्धाको सुनुवाई एकैपटक तोक्न लागिएको पनि बताइएको छ ।
[sidebar name="button post"]











