राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानकै उल्लंघन गर्नुभयो: पूर्वराष्ट्रपति यादव

जनकपुर: पूर्वराष्ट्रपति डा. रामवरण यादवले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानकै उल्लंघन गरेको बताएका छन् ।

बुधबार जनकपुरधामस्थित सरस्वती माध्यमिक विद्यालयको भवनको पुनर्निर्माणको भूमिपुजन गर्दै पूर्व राष्ट्रपति यादवले नेपालको लोकतन्त्रमा फेरि कालो बादल छाएको बताएका हुन् ।

संघीय संसदको दुवै सदनले बहुमतले पारित गरेको उक्त विधेयक प्रमाणीकरण नगरे राष्ट्रपति भण्डारीले संविधानको उल्लंघन गरेको बताएका  हुन् । त्यसैगरी पूर्वराष्ट्रपति यादवले देश फेरि प्रतिगमनतिर जान सक्ने भन्दै जनतालाई सचेत रहनसमेत आग्रह गरे ।  संविधानलाई कसरी जोगाउने भन्ने जिम्मेवारी जनताकै काँधमा रहेको उनको भनाइ छ ।

[sidebar name="button post"]