मलेसियाले आप्रवासी श्रमिकहरूलाई अस्थायी रूपमा लगाएको प्रतिबन्ध खुला गरेको छ।
आउँदो शुक्रबारदेखि फेरि श्रमिक ल्याउन खुला गर्ने निर्णय मानव संशाधन मन्त्रालयले गरेको हो।
यसअघि अगस्ट ३१ सम्म आप्रवासी कामदारको मागपत्र प्रमाणीकरण स्वीकृत नगर्ने उल्लेख गरेको थियो। मलेसियाले संशोधित रोजगार ऐन १९५५ कार्यान्वयन ल्याउने भन्दै मात्रपत्र स्वीकृति दिएको थिएन।
मलेसिया नेपाली श्रमिकहरूको प्रमुख श्रम गन्तव्य मुलुक हो। पछिल्लो समय मलेसिया सरकारले श्रमिकको आधारभूत पारिश्रमिक वृद्धि गरी एक हजार पाँच सय मलेसियन रिंगेट (४२ हजारभन्दा बढी नेपाली रुपैयाँ) पुर्याएको छ। यसले गर्दा अझ आकर्षण बढेको छ।
पछिल्लो समय साउदी अरबलगायत अन्य खाडी मुलुक गएका नेपाली युवाहरू पनि फर्किएर मलेसिया जाने सुरसारमा छन्।
मलेसियाको मानव संशाधन मन्त्रालयले केही समयका लागि नेपालीसहित सबै आप्रवासी श्रमिक ल्याउन रोक लगाएको थियो।











