एक साता एलसी नखोल्ने बैँकहरुको निर्णय

नेपालका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल बैंकर्स संघले आगामी एक सातासम्म अत्यावश्यक बाहेक अन्य वस्तुको प्रतितपत्र (एलसी) नखोल्ने निर्णय गरेको छ।

संघको आइतबार बसेको बैठकले निक्षेपको ब्याजदर स्थिर राख्ने र एक हप्तालाई अत्यावश्यक बाहेकका वस्तुहरुको एलसी नखोल्ने निर्णय गरेको हो। बढ्दो आयातका कारण विदेशी मुद्रा बाहिरिने क्रम बढेपछि राष्ट्र बैंकले विलासिताका वस्तुहरुको एलसी नखोल्न भनेको थियो।

राष्ट्र बैंकले केही दिन पहिले सबैं बैंकका कार्यकारी अधिकृतहरुलाई बोलाएर एलसी नखोल्न मौखिक निर्देशन दिएको थियो ।

[sidebar name="button post"]