११ माघ, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा १२००८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १८ हजार १०३ जनाको पीसीआर परीक्षणमा ९४३२ र ७ हजार ८०६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २५७६ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ८ जनाको कोरोनाबाट मृत्यु भएको छ भने ३०४० जना कोरोना संक्रमणमुक्त भएका छन्।












